Section 7
कार्यकारी समितिको गठन

(१) परिषद्को कार्य संचालनको निमित्त देहाय बमोजिमका सदस्यहरू रहेको एउटा कार्यकारी समिति हुनेछ
(क) कार्यकारी निर्देशक, – अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) सहसचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय     -सदस्य
(घ) सहसचिव, (कृषिक्षेत्र हेर्ने) राष्ट्रिय योजना आयोग – सदस्य
(ङ) महानिर्देशक, कृषि विभाग – सदस्य
(च) महानिर्देशक, पशु सेवा विभाग – सदस्य
(छ) परिषद्को क्षेत्रीय स्तरका कार्यालय प्रमुखहरूमध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना – सदस्य
(ज) परिषद्को कार्यक्रम निर्देशकहरू मध्येबाट कार्यकारी निर्देशकले मनोनीत गरेको एकजना –सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम मनोनीत सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ र निजहरू पुन मनोनीत हुन सक्नेछन् ।
(३) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।